वीरगन्जबाट दुई वटा ट्रक नियन्त्रणमा

सिमराः भन्सार छलीका सामान ढुवानी गरेको आशंकामा पर्सा प्रहरीले दुई करोड मूल्य बराबरको समानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगन्ज महानगरपालिका १५ स्थित प्रतिमा चोकबाट ट्रक नियन्त्रणमा लिएको हो । वीरगन्जबाट काडमाण्डौंतर्फ जाँदै गरेको ना४ख ९८५१ र प्रदेश २–०३–००१ख ६५५७ नम्बरको ट्रक नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
दुबै ट्रकमा लोड भएका हार्डवेयर तथा औषधीको बिलबिजक शंकास्पद देखेपछि नियन्त्रणमा लिएको लम्सालको भनाई छ । नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्ता लम्सालले जानकारी दिए ।