निर्माणाधिन काठमाडौं–तराई (मधेश) द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

सिमराः निर्माणाधीन काठमाडौं–तराई (मधेश) द्रुतमार्गमा शुक्रबार बिहान ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४० वर्षीय सानु लो तामाङ रहेका छन् ।
द्रुतमार्गको हात्तिसुँडेबाट ग्राबेल लिएर बकैया गाउँपालिका ५ झाँक्रीडाँडातर्फ जाँदै गरेको ना८ख २४३० नम्बरको ट्रिपर दुर्घटना भएको हो । ट्रिपर करिब ३० मिटर तल बगरमा खसेको थियो ।