पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष


eShilalekh

२१ मंसिर २०८१, शुक्रबार १५:२०

सिमराः मंसिर १६ गतेको उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित एक वडाध्यक्षलाई प्रहरीले पदभार ग्रहण कार्यक्रमस्थलबाटै पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा निर्वाचित धिरेन्द्रकुमार साह पक्राउ परेका हुन् ।

एक युवतीको हत्या र उनको भाइलाई अपहरण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्षमा निर्वाचित भएका साहको पदभार ग्रहण कार्यक्रम चलिरहेका बेला पक्राउ गरिएको हो ।

उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार भएका साह ६ सय ५२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्