शिक्षकको तलब मासिकरुपमा उपलब्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र


eShilalekh

२१ मंसिर २०८१, शुक्रबार १५:३७

सिमराः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकको तलब मासिकरूपमा उपलब्ध गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयले मंसिर २० गते पत्र पठाउँदै शिक्षकको तलब मासिकरुपमा दिन अनुरोध गरेको हो ।

संघीय मन्त्रालयको पत्रमा भनिएको छ ‘शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएको हुँदा पत्रको छायाँ प्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई ताकेता गरिरहेको थियो । शिक्षकले तलब नपाएको गुनासो मन्त्रालयसम्म आएपछि शिक्षा मन्त्रालयले स्थानीय तहलाई शिक्षकको तलब उपलब्ध गराउन अनुरोध गर्दै आएको थियो । तरपनि थुप्रै पालिकाले तलब उपलब्ध नगराएपछि शिक्षा मन्त्रालयले संघीय मन्त्रालयमार्फत पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्