महोत्तरीमा आगलागी हुँदा १० लाखको धनमाल जलेर नष्ट


eShilalekh

४ पुष २०८१, बिहीबार १७:०२

सिमराः महोत्तरीमा बुधबार राति आगलागी हुँदा १० लाख भन्दा बढी मूल्यको धनमाल जलेर नष्ट भएको छ ।

औरही नगरपालिका १ स्थित औरहीबजारको एक पसलमा विद्युत् सट भई आगलागी भएको प्रहरीले जनाएको छ । फूलोदेवी मण्डल र खुर्शिद लहेरीको श्रृङ्गार सामग्री पसलमा विद्युत् सट भई आगलागी भएको थियो ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्