पानी भरिएको ड्रममा डुबेर बालिकाको मृत्यु


eShilalekh

४ पुष २०८१, बिहीबार १७:१६

सिमराः बाराको महागढीमाई नगरपालिका १ बरियापुर टोलमा बिहीबार दिउँसो पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा समिर रायकी दुई वर्षीय छोरी अलिशा खातुन रहेको प्रहरीले जनाएको छ ।

डुबेर अचेत भएकी बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्