धनुषामा बोराभित्र एक जनाको शव फेला


eShilalekh

४ पुष २०८१, बिहीबार १८:१५

सिमराः धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ ।

मिथिला बिहारी नगरपालिका २ पुरन्डाहास्थित परशुराम तलाउ नजिक बोराभित्र राखिएको अवस्थामा एक जनाको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको डीएसपी सिंहले बताए । उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको जानकारी स्थानीयले गराएका थिए ।

बोराभित्र भेटिएको शव महिला वा पुरुष कसको हो भन्ने खुलेको छैन । जुटको बोरामा शव सडेगलेको अवस्थामा रहेको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्