पत्रकार महासंघ बाराको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न


eShilalekh

७ पुष २०८१, आईतवार १२:४१

सिमराः नेपाल पत्रकार महासंघ, बारा शाखाको नव निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिवार कलैयामा सम्पन्न भएको छ ।

कलैया स्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत निवेश तिमल्सिनाले नवनिर्वाचित अध्यक्ष रमेश सुवेदीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा अध्यक्ष सुवेदीले कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

निर्वाचन समितिले गत मंसिर २८ गते भएको मतदानबाट निर्वाचित कार्यसमितिलाई शनिवार प्रमाणपत्र वितरण गरेको थियो ।

नेपाल पत्रकार महासंघ बाराका निवर्तमान अध्यक्ष रेशम तिवारीले नवनिर्वाचित अध्यक्ष सुवेदीलाई महासंघको कार्यालयको आवश्यक सामग्री हस्तान्तरण गरेपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक समेत शनिबार सम्पन्न भएको सह–सचिब इन्दिप कोइरालाले जानकारी दिए ।

त्यसअघि पदभार ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष कमलकुमार उपाध्याय, महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, राजु विश्वकर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल, मेची महाकाली मिडीया सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेस सेण्टरका रमेश साह लगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्