सर्लाहीमा बसले च्याप्पिएर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

सिमरा: सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । बलरा नगरपालिका ९ स्थित बीओपी छतौना अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको च्याप्पिएर मृत्यु भएको हो ।
छतौनाबाट काठमाडौंतर्फ जाँदै गरेको बा०१-००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भएर पल्टिएको थियो । सशस्त्र प्रहरी १० नम्बर गणमा दरबन्दी भएका तुलाधर असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए ।