वीरगन्जको कुम्हाल टोलमा सशस्त्र प्रहरीको छापा, ८ लाखको कपडा बरामद


eShilalekh

१७ पुष २०८१, बुधबार १७:४२

सिमराः सशस्त्र प्रहरीले वीरगन्जको एक घरमा बुधबार छापा मारेर आठ लाख रुपैयाँ भन्दा बढीको तस्करीका कपडा बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हाल टोलस्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर आठ लाख २८ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको हो । घरधनीको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार कार्यालयबाट खटिएको टोलीले राजश्व छलेर भारतबाट ल्याई घरमा गोदाम बनाएर राखिएको कपडा बरामद गरेको हो ।

बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुबाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्