धनुषामा करेन्ट लागेर एक बालकको मृत्यु


eShilalekh

२१ पुष २०८१, आईतवार १५:३२

धनुषाः धनुषामा शनिबार दिउँसो करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका ३ का १२ वर्षीय अमरेश यादव रहेका छन् ।

टिभी हेर्नका लागि बोर्डमा तार जोड्न जाँदा करेन्ट लागेर उनि गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीेले जनाएको छ ।

प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्