वैंकिङ कसुर आरोपमा वडाध्यक्ष पक्राउ


eShilalekh

१२ चैत्र २०७८, शनिबार १०:०७

कलैया: वैंकिङ कसुर मुद्धामा बारा प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष सुरेन्द्र जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।

लेददेनको विषयमा परेको उजुरीको आधारमा जैसवाललाई पक्राउ गरिएको प्रहरीको भनाई छ । जैसवालमाथी चेक बाउन्सको आरोप छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
जैसवाल नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्