माइत जादै गरेकी महिलामाथी एसिड प्रहार, ससुरा र जेठाजु पक्राउ


eShilalekh

१२ चैत्र २०७८, शनिबार १०:०९

कलैया: माइत जादै गरेकी बुहारीलाई सडकमै एसिड प्रहार गर्ने ससुरा र जेठाजुलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १३ श्रीपुरका ५० वर्षिय ससुरा हवारी साह र ३० वर्षिय जेठाजु रामबाबु साह रहेका छन् ।

वीरगन्जस्थित घरबाट कलैयातर्फ जादै गरेकी २८ वर्षिय सिता पटेललाई उनिहरुले एसिड प्रहार गरेर फरार भएका थिए । कलैया उपमहानगरपालिका २३ कोरिया टोलस्थित माइत नपुग्दै सितामाथी एसिड फ्याकिएको थियो । मोटरसाईकलमा आएका उनिहरु एसिड प्रहार गरेर फरार भएका थिए ।

एसिडबाट घाईते भएकी सिताको वीरगन्जस्थित अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरिक्षक एवम् बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
सिताको बयानका आधारमा प्रहरीले ससुरा र जेठाजुलाई वीरगन्जस्थित घरबाट पक्राउ गरेको हो । एसिड फ्याकेर घर पुगेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्