अक्सिजनको सहारामा बाँचीरहेकी कार्कीलाई वडाध्यक्ष खत्रीले गरे ५० हजार सहयोग


eShilalekh

२३ जेष्ठ २०८२, शुक्रबार १५:४८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले दीर्घकालीन रोगका कारण घरमै अक्सिजनको सहारामा बाँचीरहेकी ईश्वरी कार्कीको उपचारका लागि ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

विगत २० वर्षदेखि अक्सिजनको सहारामा रहेकी कार्कीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार गर्नसमेत कठिन भइरहेको छ। वडाध्यक्ष खत्रीले कार्कीको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै सहयोग हस्तान्तरण गरेका हुन् । उनले कार्कीलाई सहयोग गर्न सार्वजनिक अपिल समेत गरेका छन् ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले सीधै सम्पर्क गरी वा सामाजिक सञ्जालमार्फत सहयोग घोषणा गर्न सक्ने बताइएको छ। कार्कीको उपचारका लागि स्थानीय स्तरमा सहयोग अभियान समेत सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्