सिमरामा विकास तथा पर्यटन पत्रकारिता तालिम सुरु


eShilalekh

२१ चैत्र २०७८, सोमबार ०१:३६

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ बाराले सिमरामा विकास र पर्यटन पत्रकारिता सम्बन्धी तीन दिने तालिमको आयोजना गरेको छ ।

तालिमको एक कार्यक्रमकाबीच उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्णप्रसाद पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख डा. पौडेलले तालिमले जिल्लाको पत्रकारिताका क्षेत्रमा टेवा पुग्नेमा विश्वस्त रहेको बताए ।

नगर प्रमुख डा. पौडेलले प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा संविधान सभाका सदस्य डा. शोभाकर पराजुली, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् तालिमका प्रशिक्षक धर्मेन्द्र झा, डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमद, नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष भोला अधिकारी, नेपाली कांग्रेस जीतपुरसिमरा नगर सभापति छविलाल शर्मा, नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष प्रेम बराल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज कमलकुमार उपाध्याय, पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष गुरुप्रसाद गौतम, प्रेस चौतारी नेपालका मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको संचालन सचिव अनिल गौरवले गरेका थिए । तालिममा सहसचिव रञ्जन यादवले स्वागत मन्तब्य राखेका थिए । तीन दिन संचालन हुने तालिममा प्रशिक्षक झाले सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्