हैजा फैलन नदिन परवानीपुर गाउँपालिकाको सक्रियता, बस्यो आपतकालिन बैठक

सिमराः छिमेकी जिल्ला वीरगंजमा समुदाय स्तरमै हैजा फैलिएपछि परवानीपुर गाउँपालिकाले आइतबार आपकालिन बैठक राखेको छ । हैजा फैलन नदिन र जाखिम न्यूनिकरणका लागि सक्रियता दृखाउँदै गाउँपालिकाले बैठक बोलाएको हो ।
गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडाध्यक्ष, स्वास्थ्य चौकी प्रतिनिधि, एलएस न्यूरो अस्पतालका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक उपस्थित थिए ।
बैठकले वीरगंजमा फैलिएको हैजाबाट पालिकामा पर्न सक्ने सम्भावित असर तथा रोकथामका उपायबारे गहन छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत रौनियारले बताए । बैठककले पालिका र वडास्तरका अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।
अनुगमन समितिले नियमित रूपमा निगरानी गर्दै हैजा नियन्त्रणका लागि आवश्यक कदम चाल्ने रौनियारले बताए ।