सवारी दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर घाईते


eShilalekh

१ बैशाख २०७९, बिहीबार १६:४८

सिमरा: पथलैया-अमलेखगञ्ज सडकखण्ड अन्तर्गत आधाभार जंगलमा विहिवार विहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । घटनामा तीन गम्भीर घाईते भएका छन् ।

सिमराबाट हेटौडातर्फ जादै गरेको बा१९च ४३७७ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा जीतपुरसिमरा ११ का २५ वर्षीय लोकनाथ सेढाईको मृत्यु भएको हो । सेढाई सवारी चालक हुन् ।

दुर्घटनामा दुई वर्षिय बालकसहित १३ जना घाईते भएका छन् । घाईतेमध्ये पर्सा बिन्दाबासिनी २ का प्रेम साह, सोही ठाँउका १२ वर्षिय राजु गुप्ता र जीतपुरसिमरा ७ कि निर्मलादेवी साहको अवस्था गम्भीर रहेको छ । उनिहरुको उपचार वीरगन्जस्थित बयोधा अस्पतालमा भईरहेको छ ।

घटनामा परी घाईते भएका अन्यको अवस्था सामान्य रहेको सिमरास्थित ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्