सिम्रौनगढमा करेन्ट लागेर एक महिलाको मृत्यु

सिमराः सिम्रौनगढ नगरपालिका ५ कोनिहाटी चौरमा आइतबार साँझ करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा करेन्ट लागेर ५० वर्षीया अनितादेवी यादवको घटनास्थलमै मृत्यु भएको हो ।
भनु महतोले आफ्नो खेतमा पानी हाल्नका लागि जडान गरेको विद्युतीय मोटरको खुला तारमा अनितादेवीलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।
विद्युत सुरक्षामा लापरवाहीका कारण ज्यान गएको हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) बिजयराज पण्डितले बताएका छन् ।
घटनासम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।