सिरहामा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ


eShilalekh

१६ भाद्र २०८२, सोमबार १४:३८

सिरहाः सिरहा प्रहरीले भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सप्तरी खड्क नगरपालिका ६ का ४२ वर्षीय आबिद हुसेन, भारत बिहार राज्य मधुबनी जिल्ला लौकही, घोवयाहीका २४ वर्षीय मोहम्मद मिस्टर, सोही जिल्लाका खुटौना मुरारपट्टीका ३८ वर्षीय अख्तर हुसेन र लौकही, घोवयाहीकै २३ वर्षीय मोहम्मद मुस्तफा रहेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले भगवानपुर चोक नजिक शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई जाँच गर्दा प्लास्टिकसहित ४१.९७ ग्राम र प्लास्टिकबाहेक ४० ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

पक्राउ परेकाहरुलाई सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्