फेटा गाउँपालिकामा भोलि स्थानीय बिदा

सिमराः बाराको फेटा गाउँपालिकाले मंगलबार (भदौ १७ गते) स्थानीय बिदा घोषणा गरेको छ ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाभित्रका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा मातहतका अन्य कार्यालयहरूमा स्थानीय बिदा दिने जानकारी गराएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाद्वारा जारी सूचनामा वडा नं ३ मा अवस्थित महाबिरी मन्दिरमा विशेष पूजापाठ तथा झण्डी मेला लाग्ने भएकाले अध्यक्ष स्तरीय निर्णयअनुसार स्थानीय बिदा दिइएको उल्लेख गरिएको छ ।
बिदाका क्रममा आकस्मिक स्वास्थ्य सेवा भने सुचारु रहने जनाइएको छ ।