बारा प्रहरीद्वारा अवैध पटकासहित मोटरसाइकल नियन्त्रणमा


eShilalekh

१७ भाद्र २०८२, मंगलवार १२:४९

सिमराः बारा प्रहरीले एक लाख रुपैयाँ बराबरको अवैध पटकासहित मोटरसाइकल बरामद गरेको छ । कलैया उपमहानगरपालिका १० मटिअर्वा स्कुल नजिकबाट अवैध पटका बरामद गरिएको हो ।

प्रहरी चौकी मटिअर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको पटकासहित नम्बर नखुलेको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई देखेपछि संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए । बरामद गरिएको पटका र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीले नियन्त्रणमा लिइएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीेले छ ।

प्रतिक्रिया दिनुहोस्