धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

सिमराः धनुषाको लालगढमा मङ्गलबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका १० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।
स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।