सिम्रौनगढमा एक सय ३८ किलो गाँजासहित एक महिला पक्राउ

सिमराः बारा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका २ नयका टोलकी ३५ वर्षीया रिता देवी यादव रहेकी छन् ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको घरबाट लुकाईछिपाई राखेको अवस्थामा एक सय ३८ किलो सात सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले उनको घरमा खोजतलास गरेको थियो । खोजतलासका क्रममा घरको खाट मुनि राखेको बोराभित्र प्लाष्टिकमा पोका पारी राखेको अवस्थामा लागूऔषध फेला परेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।
बरामद गरिएको लागूऔषधसहित महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।