कोल्हबीमा अबैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा


eShilalekh

२२ भाद्र २०८२, आईतवार १४:१४

सिमराः सशस्त्र प्रहरीले बाराको कोल्हबी नगरपालिका ८ नयाँबस्तीबाट शनिबार अबैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक सुनिल कुमारको नेतृत्वमा सशस्त्र प्रहरी र सब–डिभिजन वन कार्यालय मधुबनको संयुक्त टोलीले २५ क्युफिट सालको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद काठ र ट्याक्टरको मूल्य करिब १० लाख ६० हजार बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद काठ र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय मधुबनमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्