सिमरामा बाघको आक्रमणबाट एक जनाको मृत्यु, नियन्त्रणका लागी टोली परिचालन


eShilalekh

२२ भाद्र २०८२, आईतवार १५:११

सिमराः सिमरामा आइतबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ का ६० वर्षीय छेवाङ्ग लामा रहेका छन् ।

बिहान करिब ७ बजे च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट लामाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जनाएका छन् ।

घटनास्थलमा घाँस काट्न गएका अन्य स्थानीयहरूले शव देखेर प्रहरीलाई खबर गरेका थिए । लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि बाघको आक्रमणबाट बारा अम्लेखगञ्जका ३ जना स्थानीयहरूको ज्यान गइसकेको छ ।

बाघलाई नियन्त्रणमा लिन चितवनबाट DART (Dangerous Animal Response Team) टोली परिचालन गरिएको डीएसपी जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्