बारामा महिलाको शव फेला, पहिचान खुल्न बाँकी

सिमराः बाराको जितपुरसिमरा उपमहानगरपालिका १७ स्थित साझेदारी वनको कूलोमा शनिबार एक महिलाको शव फेला परेको छ ।
नाम थर तथा वतन नखुलेको अन्दाजी ३६ वर्षीया महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार स्थानीयले उक्त महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।