एमाले नगर कमिटी अध्यक्ष शाहले मागे प्रधानमन्त्रीको राजीनामा

सिमरा: नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
जेनजीको प्रदर्शनमा भएको क्षतिको जिम्मेवारी लिँदै प्रधानमन्त्रीले नैतिकता देखाएर राजीनामा दिनुपर्ने शाहले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
`प्रधानमन्त्रीज्यूले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । राजनीति देश र जनताको हितको लागी गरीने सामाजिक कार्य हो । जब तपाईं नेतृत्वको सरकारले साना-साना निर्दोष बालबालिका मारिन्छ भने सरकारको नेतृत्वमा बस्ने कुनै अधिकार छैन र रहदैन´ ठकुरीले फेसबुकमा लेखेका छन् ।
ठकुरीले घमण्डले भन्दा पनि विवेकले काम गर्न सुझाव दिएका छन् । उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।
ठकुरीले यसअघि जेनजीको प्रदर्शनमा भएको दमनको विरोध गर्दै उनीहरुको माग पूरा गर्न अनुरोध गरेका थिए ।
