बारामा निषेधाज्ञा र कर्फ्यू हटाइयो


eShilalekh

२६ भाद्र २०८२, बिहीबार १३:२५

सिमराः बारामा जारी निषेधित क्षेत्र र कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रकाश पौडेलले बिहीबार एक सूचना जारी गर्दै हाल जिल्लाभित्र कर्फ्यू वा निषेधाज्ञा नरहेको स्पष्ट पारेका छन् ।

शान्ति सुरक्षा र विपद् व्यवस्थापनबाहेकका अन्य सबै प्रशासनिक सेवा भदौ २७ गतेसम्मका लागि अस्थायी रूपमा बन्द रहने जानकारी सूचनामा उल्लेख गरिएको छ ।

जेनजी प्रकरणले उग्ररूप लिँदै गएपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेको थियो ।

हाल अवस्था सामान्य बन्दै गएको प्रशासनले जनाएको छ भने सुरक्षा निकायहरू उच्च सतर्कताका साथ परिचालित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्