जीतपुरमा पाँच किलो गाँजासहित दुई युवक पक्राउ

सिमराः प्रहरीले जीतपुरबाट पाँच किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित बैदेही पेट्रोल पम्प अगाडिबाट उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जीतपुरसिमरा २२ चकरीका ३० वर्षीय मनोज जिम्बा र २६ वर्षीय सोनाम थिङ रहेका छन् । अमलेखगञ्जबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश २–०३–०१२ प ६५४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा बरामद भएको हो ।
उनिहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।