एक वर्षभित्रै साइबर स्पेस बनाउन कानुनी व्यवस्था गर्न सुझाव


Author

eShilalekh

June 27, 2021 4:37 am

काठमाडौँ — कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ), सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल गरी तीन वटा संस्थाले सरकारलाई एक वर्षभित्र सुरक्षित र लचिलो साइबर स्पेस निर्माणका लागि कानुनी व्यवस्था गर्न माग गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ १४ मा सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदामा राय दिँदै ३ वटा सस्थाहरूले साइबर सुरक्षा संवेदनशील विषय भएकाले जतिसक्दो छिटो कानुन र संस्थागत संरचना निर्माण गर्न आग्रह गरेका हुन् । नीतिको मस्यौदामा सुरक्षित साइबर स्पेस निर्माणका लागि तीन वर्ष र त्यसका लागि संस्थागत तथा संगठनात्मक पूर्वाधार निर्माणका लागि पाँच वर्षको समय प्रस्ताव गरिएको छ । नीति कार्यान्वयनका लागि एक वर्ष प्रस्ताव गरिएकोमा त्यसलाई तीन महिनामा झार्न सुझाइएको छ । –कान्तिपुर

प्रतिक्रिया दिनुहोस्