वीरगन्जको नारायणी अस्पतालमा आगलागी, स्टोर कोठाका सामग्री जलेर नष्ट


eShilalekh

३१ भाद्र २०८२, मंगलवार १५:२५

वीरगन्जः वीरगन्जको नारायणी अस्पतालमा मंगलबार बिहान आगलागी भएको छ । प्रसुती गृह भवनको तेस्रो तल्लामा रहेको स्टोर कोठामा आगलागी भएको हो ।

आगलागीबाट स्टोर कोठामा रहेका सबै सामानहरु जलेर नष्ट भएको अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

स्टोर कोठामा बिजुलीको तार सर्ट भएर आगो लागेको हुन सक्ने आशंका रहेको उनले बताए । वीरगन्ज महानगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।

आगलागीबाट मानवीय क्षति भने नभएको र क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य भइरहेको सिंहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्