अमलेखगंजमा हातेमालो सहकारीको तेस्रो सेवा केन्द्र संचालन


eShilalekh

३ बैशाख २०७९, शनिबार ११:३९

सिमरा: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अमलेखगञ्जमा तेस्रो सेवा केन्द्र संचालनमा ल्याएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ का सेवाग्राहीलाई लक्षीत गरि हातेमालोले सेवा केन्द्र संचालनमा ल्याएको हो ।

सेवा केन्द्रको शनिवार मधेस प्रदेश सभा सदस्य सिता गुरुङले उद्घाटन गरेकी छिन् । गुरुङ हातेमालो सहकारीको पूर्व उपाध्यक्ष समेत हुन् । उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले हातेमालो सहकारीको कार्य क्षेत्र फराकिलो र व्यवस्थित हुदै गएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का अध्यक्ष कृष्णबहादुर ठकुरी, अनमोल बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रोहित घिसिङलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष गोकुल लम्सालसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, हातेमालो सहकारीका पदाधिकारी, सदस्य, कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

हातेमालो सहकारीका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन व्यवस्थापक महेश ढुंगेलले गरेका थिए । कार्यक्रममा लेखा समिति सदस्य सुशिला आचार्यले स्वागत मन्तब्य राखेकी थिईन् ।

सिमरामा मुख्य कार्यालय रहेको हातेमालो सहकारीले यसअघि डुमरवाना र जीतपुरमा आफ्नो सेवा केन्द्र संचालन गर्दै आएको थियो । देशकै उत्कृष्ट सहकारीको रुपमा आफूलाई उभ्याउन सफल हातेमालो सहकारीमा हाल चार हजार भन्दा बढी शेयर सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्