रौतहटमा एक पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

रौतहटः रौतहटको राजदेवी नगरपालिका ४ स्थित बागमती नदीको किनारमा शुक्रबार बिहान एक पुरुषको शव फेला परेको छ ।
गडहिया घाटस्थित बागमती नदीको किनारमा करिब ४० वर्षका पुरुषको शव फेला हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी राजु कार्कीले जनाएका छन् ।
घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।