संविधान दिवस: जीतपुरसिमरा उपमहानगरमा ५४ जनाले गरे रगतदान

सिमरा: संविधान दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रगतदान गरेका छन् ।उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा १३ महिलासहित ५४ जनाले रगत दान गरेका हुन् ।
कार्यक्रमको शुभारम्भ उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए ।
यसअघि कार्यालयमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो । कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलगायत विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीको उपस्थिति रहेको थियो ।