सप्तरीमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

सप्तरीः सप्तरीमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका २ हर्दिया की ७ वर्षीया सुस्तिका चौधरी र ११ वर्षीया आशकी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
स्थानीय अरविन्द चौधरीको पोखरीमा सुस्तिका, आशकी र ८ वर्षीया प्रियान्सु चौधरी सोमबार साँझ पोखरीमा नुहाउन गएका थिए ।
तीनै जना पोखरीमा नुहाउने क्रममा सुस्तिका र आश्कीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
डुबेको घटनाबारे प्रियान्सुले जानकारी गराएपछि स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेको प्रहरीले जनाएको छ ।





