रौतहटमा लागूऔषधसहित एक तस्कर पक्राउ


eShilalekh

८ आश्विन २०८२, बुधबार १४:४०

रौतहटः रौतहटको बंकुल बजारमा घोडासहनबाट ल्याउँदै गरेको लागूऔषधसहित एक तस्करलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत कोरैया गाउँ झरोखर पञ्चायतका राजु प्रसाद कुशवाहा रहेका छन् ।

एसएसबीका अनुसार कुशवाहा घोडासहनतर्फबाट नशालु औषधि ल्याई बंकुलस्थित राजवीर नाम गरेका व्यक्तिलाई पु‍र्याउने क्रममा पक्राउ परेका हुन् ।

उनको मोटरसाइकलको डिकीबाट नशालु क्याप्सुल ट्रामाडोल ४० क्याप्सुल बरामद गरिएको एसएसबीले जनाएको छ । पक्राउ परेका कुशवाहालाई नियन्त्रणमा लिई थप कारबाहीका लागि झरोखर थानामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्