कांग्रेसद्धारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुरधाम: नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनकपुरधामस्थित कांग्रेसको मधेस प्रदेश कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
जनमत पार्टीको नेतृत्वमा बनेको सरकारमा कांग्रेसले पनि सहभागिता जनाएको थियो। तर पछिल्ला दिनमा सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरूले नै समर्थन र मन्त्री फिर्ता बोलाइसकेपछि कांग्रेसको पनि सरकारमा सहभागी हुने औचित्य समाप्त भएको भन्दै समर्थन फिर्ता लिइएको बताइएको छ ।
संसदीय दलका नेता कृष्णा यादवले आजकै मितिबाट लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए ।






