केन्द्रीय कारागारबाट भागेका एक कैदी पर्साबाट पक्राउ


eShilalekh

८ आश्विन २०८२, बुधबार १८:०३

सिमरा: जेनजी प्रदर्शनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक कैदीलाई प्रहरीले मंगलबार पर्साबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका ५ का ४० वर्षीय मुक्तिनारायण कुर्मी रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरि बस्नेतका अनुसार कुर्मीलाई आफ्नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।

कुर्मीलाई आफ्नै ३५ वर्षीया पत्नी संगीता देवी कुर्मीको हत्या अभियोगमा पर्सा जिल्ला अदालतले २५ वर्ष कैद सजाय तोकेको थियो। उनी भदौ २४ गतेको प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका थिए।

डिएसपी बस्नेतका अनुसार उनलाई पुनः थुनामा राख्नका लागि केन्द्रीय कारागार सुन्धारा पठाइनेछ।

प्रतिक्रिया दिनुहोस्