लागूऔषधसहित मेडिकल पसल सञ्चालक पक्राउ

रौतहट: रौतहट प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक मेडिकल पसल सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चन्द्रपुर नगरपालिका ७ नयाँबस्तीका ५३ वर्षीय लालबाबु (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटको लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीको नेतृत्वमा खटिएको प्रहरी टोलीले साहको मेडिकल पसल र घरमा खोजतलास गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । साहले आफ्नो मेडिकल पसलमार्फत ट्रामाडोलजस्ता औषधिहरू अवैध रूपमा बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा ना.३३प. ९५३३ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त सवारीसाधनबाट ट्रामाडोलका ३०० पत्ता बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।
बरामद मोटरसाइकल, लागुऔषध र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





