मानवसेवा आश्रमद्वारा गर्भवती महिलाको उद्धार


eShilalekh

१२ आश्विन २०८२, आईतवार १६:३४

वीरगन्जः मानवसेवा आश्रम वीरगन्ज शाखाले एक गर्भवती महिलाको उद्धार गरेको छ । आश्रमले वीरगञ्ज महानगरपालिका १४ बहुवरीबाट शनिबार राति गर्भवती महिलाको उद्धार गरेको हो ।

वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी र सामाजिक अभियन्ता प्रकाश थारुले उक्त महिलाको उद्धार गरि आश्रम पुर्याएका छन् ।

मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताका अनुसार महिलाले आफ्नो नाम, थर, घर, वा ठेगाना खुलाउन सकेकी छैनन् ।

हाल उनको गर्भवती अवस्थालाई ध्यानमा राख्दै नारायणी अस्पतालस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) प्रमुख हेमा थापाको निगरानीमा उपचार सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्