वीरगन्जको मेलामा दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु

वीरगंज: नवरात्रीको अवसरमा वीरगंजमा जारी मेलामा मंगलबार राति दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बारा परवानीपुर घर भई वीरगन्ज महानगरपालिका १० अशोकबाटिका बस्ने १८ वर्षीय गोल्डेन खान भनिने शिवम साह कानु रहेका छन् ।
माईस्थान र घडिअर्वा पोखरीबीचको गिता मन्दिर रोड क्षेत्रमा राति करिब १२ देखि १ बजेको बीचमा दुई समूहबीच झडप भएको हो । झडपको कारण खुल्न सकेको छैन ।
झडपमा खानमाथी चक्कु प्रहार भएको थियो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको शव शल्यपरीक्षणका लागि नारायणी अस्पतालमै राखिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।





