चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु


eShilalekh

१५ आश्विन २०८२, बुधबार ११:४६

सिमरा: बारा र मकवानपुरको सिमामा रहेको चुरियामाई मन्दिरमा केही समयअघि बसले किचेर दुई जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् ।

चुरियामाई मन्दिरको उकालोतर्फ गुडिरहेको बस अचानक पछाडी गुड्न थालेपछि दुर्घटना भएको हो । बसले  ओरालोमा रहेको मोटरसाइकललाई किचेको थियो ।

प्रहरीका अनुसार घटनास्थलमा दुई जनाको मृत्यु भएको छ भने अन्य केहि घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।

मृतक र घाइतेको नाम खुल्न सकेको छैन । घटनापछि उक्त क्षेत्रमा सवारी आवागमन असहज बनेको छ । स्थिती सहज बनाउन ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी टोली खटिएको छ ।

दशैंको समयमा चुरियामाई मन्दिरमा मेला लाग्ने गरेको छ । नवरात्रीको समयमा मन्दिर क्षेत्रमा दर्शनार्थीको घुईचो र सवारी साधनको चाप हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्