रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु

रौतहट: रौतहटको कटहरिया नगरपालिका २ हंथियाहीमा शनिबार साँझ चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा १६ वर्षीय सेराज लहेरी र १६ वर्षकै नवीन यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।
चट्याङले लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। शवहरू शल्यपरिक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।





