मन्दिर क्षेत्रमा मागेर गुजारा टार्दै आएका व्यक्ति मृत भेटिए


eShilalekh

१९ आश्विन २०८२, आईतवार १७:२१

वीरगन्ज: वीरगन्ज महानगरपालिका १६ नगवाका करिब ६५ वर्षीय हरिहर प्रसाद सोनार आइतबार मृत फेला परेका छन् । उनी गहवामाई मन्दिर नजिकको सडकपेटीमा वर्षौंदेखि मागेर गुजारा टार्दै आएका थिए।

प्रहरीका अनुसार सोनारको शव मन्दिर नजिकै फेला परेको हो। मृत्युको कारण नखुलेपनि अविरल वर्षाका कारण चिसोले ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ।

शव शल्यपरीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्