पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिमराः पर्सामा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ५ भीखमपुरका अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन् ।
पर्साको पोखरिया लंगडी सडकखण्डमा मधेस प्रदेश ०३-०२८प ३७०१ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ कुर्मीको मृत्यु भएको हो ।
मोटरसाइकल आँफै अनियन्त्रीत भई दुर्घटनामा पर्दा कुर्मी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका कुर्मीलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा लगिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।