रौतहटमा पानीमा डुबेर बेपत्ता भएका दुई बालिकाको शव फेला


eShilalekh

२१ आश्विन २०८२, मंगलवार १५:२५

रौतहट: देवाही गोनाही नगरपालिका ६ कर्कच टोलमा पानीमा डुबेर बेपत्ता भएका दुई बालिकाको शव मंगलबार फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार दिउँसो करिब २ बजे खेतको पानी बग्ने भंगालोमा नुहाउने क्रममा रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले मंगलबार बिहानैदेखि खोजी कार्य थालेको थियो। खोजीका क्रममा बिहान करिब १० बजे आरती कुमारीको शव फेला परेको र केही समयपछि अन्तिमा कुमारीको शव पनि सोही भंगालोबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।

प्रहरीले हाल नदी र खोलामा माछा मार्ने तथा नुहाउने वा दाउरा निकाल्ने कार्य नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्