सर्लाहीमा डुबेर बेपत्ता भएका युवकको शव फेला


eShilalekh

२१ आश्विन २०८२, मंगलवार १७:४५

सर्लाहीः सर्लाहीमा मंगलबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका ५ भाडसरस्थित लखनदेही खोलामा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको हो ।

भाडसरका अन्दाजी १८ वर्षीय ओम ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान करिब ११ः३० बजे चार जना युवा लखनदेही खोलाको बाँध नजिक नुहाउन गएका थिए । नुहाउने क्रममा खोलाले चारै जनालाई बगाएकोमा तीन जना सकुशल निस्किएका थिए भने ओम ठाकुरलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भाडसरबाट प्रहरी सहायक निरीक्षक जलन्धर प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजी कार्य सुरु गरेको थियो । करिब एक घण्टाको खोजीपछि दिउँसो १ बजेतिर ठाकुरलाई सोही स्थानमा पानीमाथि तैरिरहेको अवस्थामा फेला पारिएको थियो ।

उनलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पु‍र्याइएका थियो । तर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्