गोल्डेन हत्या प्रकरणः मुख्य आरोपी पक्राउ


eShilalekh

२१ आश्विन २०८२, मंगलवार १८:०९

वीरगन्जः पर्सा प्रहरीले वीरगन्जमा असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणका मुख्य आरोपीलाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पकहाँमैनपुर गाउँपालिका १ धोरे स्थायी घर भई हाल वीरगन्ज बस्दै आएका १६ वर्षीय किशोर रहेका छन् ।

प्रहरीले उनलाई एक हप्तापछि वीरगन्जबाट पक्राउ गरेको हो । घटना लगत्तै फरार भएका किशोरलाई भारतमा लुकेर बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरीले जनाएको छ ।

उक्त हत्याकाण्डमा संलग्न पाँच जनालाई प्रहरीले असोज १५ गते पक्राउ गरी असोज १६ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । यसअघि पक्राउ पर्नेमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्