लिची बगान घुस प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनामाथि भ्रष्टाचार मुद्दा


eShilalekh

२२ आश्विन २०८२, बुधबार १८:१८

सिमराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा बुधबार दुई जना पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था, तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख अधिकृत रामचन्द्र अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो र सजाय माग गरिएको आयोगले जनाएको छ।

मुद्दामा घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङ, खेम पुन (खमबहादुर पुन), यामकुमारी गुरुङ र तुलसी बुढा मगरलाई समेत प्रतिवादी बनाइएको छ। त्यसैगरी सोही प्रकरणमा मुछिएका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि लागेको आरोपबारे छुट्टै मिसिल खडा गरी अनुसन्धान गर्न आयोगले निर्देशन दिएको छ। अधिकारीमाथि ३२ लाख रुपैयाँ घुस लिएको आरोप छ।

प्रतिक्रिया दिनुहोस्