पर्सामा प्रहरी र विद्यार्थीबीच ‘ई-गभर्नेन्स र डिजिटल रुपान्तरण’ सम्बन्धी अन्तरक्रिया

वीरगन्ज: मधेश विश्वविद्यालयका छात्रछात्रा र पर्सा प्रहरी प्रमुखबीच बुधबार ‘ई-गभर्नेन्स र डिजिटल रुपान्तरण’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयका कानून तथा जनप्रशासन संकायका दोस्रो सेमेष्टरका छात्रछात्रा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकबीच अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी उपरीक्षक पाठकले सुशासन प्रवर्द्धनमा ई-गभर्नेन्स र डिजिटल रुपान्तरणको महत्त्व, सार्वजनिक सेवामा प्रविधिको प्रभावकारी प्रयोग, र सुरक्षा प्रणाली सुधारका विषयमा छात्रछात्रालाई जानकारी गराएका थिए । सो क्रममा सहभागी छात्रछात्राले जिल्ला प्रहरी कार्यालय पर्साका विभिन्न शाखाहरूको अवलोकन समेत गरेका थिए ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक किशोर लम्साललगायत उपस्थित थिए ।






